मुख्य समाचार समाज

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन

काठमाडौँ । बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै आज प्रदर्शन गरिएको छ ।  नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले आज प्रदर्शन गरेको हो । 

-यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफैं बनाैं बलात्कारीलाई फाँसी नै चाहिन्छ, ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाइएको थियो । उनीहरुले संविधान संशोधन गरी बलत्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जोडदार माग गरेका छन् । 

पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी फाँसीको व्यवस्था गर्नुपर्ने रक्षा नेपालकी सावित्री सुवेदीले बताए । 

उहाँले बलात्कार जघन्य अपराध भएकाले मिलापत्र गराएर अपराधी उम्काउन नपाइने बताए ।

फाँसी प्रदर्शन बलात्कारी सजाय

विशेष