मुख्य समाचार राजनीति प्रदेश १

वैशाख ९ मै पार्टी एकता गर्ने पुरै प्रयास छ: प्रचण्ड

वैशाख ९ मै पार्टी एकता गर्ने पुरै प्रयास छ: प्रचण्ड

धनकुटा । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताएका छन्।


 
धनकुटाको पाख्रिवासमा बुधबार प्राकृतिक श्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वैशाख ९ मै पार्टी एकता हुने बताएका हुन्।

 

‘हाम्रो पूरै प्रयास छ कि वैशाख ९ गते नै बिशाल जनसमुदायको अगाडि एउटा एकीकृत पार्टीको घोषणा गरौँ। देशलाई विकासको एउटा नयाँ युगतिर, समाजवादको नयाँ युगतिर, सामाजिक न्याय र विकासको नयाँ युगतिर लैजाऔं,’ प्रचण्डले भने।

 

अध्यक्ष प्रचण्डले स्थिरता र समृद्ध नेपाल निर्माणको अवसर सदुपयोग गर्न राष्ट्रिय एकताको लागि सबैलाई आह्वान गरे। भने, ‘यस्तो अवसर सधैँ आउँदैन, देशभरि विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा गरेका सङ्घर्षको प्रतिफल अहिले हामी स्थिर र समृद्ध नेपाल निर्माणको संघारमा छौँ’, यो अवसर गुम्यो भने नेपाल निकै ठूलो दुर्घटनामा पर्छ, त्यसकारण हामीले राष्ट्रिय एकताको प्रदर्शन गरौँ, हामीले स्थायित्वको प्रदर्शन गरौँ।’


 
अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन चीन र भारतबाट रेल ल्याउने  र मध्यपहाडि लोकमार्गलाई पूरा गर्ने तयारी गरिएको बताए।

धनकुटा पार्टी एकता पुष्कमल दाहाल ‘प्रचण्ड’

विशेष