राजनीति

पार्टी एकतामा कुनै द्विविधा छैन– महासचिव पोखरेल

पार्टी एकतामा कुनै द्विविधा छैन– महासचिव पोखरेल

नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन् ।

 

आज एमाले कास्की जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकतामा कुनै द्विविधा नभएको र ९ वैशाखमा पार्टी एकता घोषणा हुने बताएका हुन् ।

 

पोखरेलले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा राखे ।

 

रक्षा मन्त्री समेत रहेका पोखरेलले सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने पनि जानकारी गराए । रासस

पार्टी एकता महासचिव पोखरेल

विशेष