राजनीति

अाेली र प्रचण्डले ‘फरक व्यक्ति’ राेज्दा आईजीपी नियुक्तिमा कुरा मिलेन

आईजीपी नियुक्तिमा केपी र प्रचण्डबीच विवाद

अाेली र प्रचण्डले ‘फरक व्यक्ति’ राेज्दा आईजीपी नियुक्तिमा कुरा मिलेन

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबार अवकाश पाउँदैछन् । तर नयाँ आईजिपी नियुक्तसम्बन्धि निर्णय गर्न मंगलबार बिहान बसेकाे मन्त्रीपरिषद्को बैठक बिना निष्कर्स टुंगिएकाे छ ।

 

 प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कसलार्इ आईजिपी नियुक्त गर्ने भन्ने विषयमा कुरा नमिलेपछि  निर्णय हुन नसकेकाे हाे ।

 

ओलीले पुष्कर कार्की र प्रचण्ड सर्वेन्द्र खनाललार्इ आईजीपी बनाउनु पर्ने अडान लिएपछि अाज बैठकले निर्णय गर्न नसकेको स्राेत बताउँछ । कसलाई आईजिपी बनाउने भन्ने तय नहुँदा गृहमन्त्री रामबहादुर थापाले मंगलबारको बैठकमा प्रस्ताव नै पेश गरेनन् ।

 

मंगलबार बिहान बढुवा सिफारीस समितिको छलफल भएपनि प्रधानमन्त्रीबाट प्रष्ट जवाफ नआउँदा प्रक्रिया अघि बढ्न नसकेको गृहका एक अधिकारीले बताए। नेपाल प्रहरीमा कुरा नमिलेकाले सशस्त्र प्रहरीको आईजीपी नियुक्ति प्रक्रिया पनि अघि बढ्न सकेन । 

अाेली प्रचण्ड आईजिपी नियुक्ति

विशेष