प्रचण्ड बिरामी भएपछि एकता समितिको बैठक स्थगित !

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डको स्वास्थ्यमा सामान्य खराबी आएपछि एमाले र माओवादी पार्टी एकता संयोजन समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । यसअघि मंगलबार बस्ने भनिएको बैठक नेताहरुको व्यस्तताका कारण बुधबार बेलुका अर्थात आज ५ बजेलाई तय गरिएको थियो
प्रचण्ड बिरामी भएपछि एकता संयोजन समिति बैठक नै स्थगित भएको हो । आगामी बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारी गरेका दुई दलले यसअघि कार्यदलले सहमति जुटाउन नसकेका विषयमा समितिमा छलफल गरेर सहमति जुटाउने नेताहरुले बताउदै आएका थिए ।