राजनीति

प्रधानमन्त्री ओली गरे आर्थिक नीति तयार गर्दा उद्योगीसँग परामर्श लिने व्यवस्थाकाे घोषणा

प्रधानमन्त्री ओली गरे आर्थिक नीति तयार गर्दा उद्योगीसँग परामर्श लिने व्यवस्थाकाे घोषणा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक नीति तय गर्दा उद्योगीहरूको परामर्श लिने व्यवस्था गर्ने घोषणा गरेका छन्।

 

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सो कुराको घोषणा गरेका हुन्।

 

त्यसका लागि उनले छिट्टै उद्योग, व्यवसाय क्षेत्रका विज्ञहरू सम्मिलित परामर्श समिति गठन गर्ने योजना पनि सार्वजनिक गरे।

 

प्रधानमन्त्री ओलीले आधुनिक प्रविधि भित्र्याएर मुलुकको उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्न आफू प्रतिबद्ध रहेको पनि दोहोर्‍याए।

 

यसका साथै उनले, मुलुकको मजबुत राष्ट्रिय एकताको पक्षमा जोड दिएका छन्।

केपी शर्मा ओली परामर्श व्यवस्था आर्थिक नीति

विशेष