राजनीति

शिक्षामन्त्री पोखरेलको सम्पत्ति कति ?

शिक्षामन्त्री पोखरेलको सम्पत्ति कति ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

 

बुधबार पत्रकार सम्मेलनमार्फत् मन्त्री पोखरेलले एभरेस्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन् ।

 

उनले एभरेस्ट बैंकमा जम्मा भएको रकम मन्त्री, संविधानसभा र व्यवस्थापिका–संसदको सदस्य हुँदा र नेपाल बंगलादेश बैंकको रकम जनएकता साप्ताहिकको सम्पादक/प्रकाशक हुँदाबखतको आम्दानीको स्रोत भएको देखाएका छन् ।

 

यस्तै, उनले खोटाङस्थित रुपाकोट सामुदायिक रेडियोमा रु पाँच हजारको सेयर भएकोसमेत जानकारी दिएका छन् ।

 

यस्तै, मन्त्री पोखरेलले बुवा चन्द्रमणिको नाममा रहेको खोटाङस्थित रावावेशी गाउँपालिका–२ मा कित्ता नम्बर–२२५ को करिब २३ रोपनी अंशबन्डा नभएको पैतृक सम्पत्ति देखाएका छन् ।

 

उक्त पैतृक सम्पत्ति आमा कनककुमारी स्मृति प्रतिष्ठानलाईसमेत प्रदान गरिएको उल्लेख छ । रासस

शिक्षामन्त्री सार्वजनिक गिरिराजमणि पोखरेल

विशेष