राजनीति प्रदेश ४

एमाले प्रदेश ४ को संसदीय दलका उपनेता गुरुङ चयन

एमाले प्रदेश ४ को संसदीय दलका उपनेता गुरुङ  चयन

पोखरा । प्रदेश नम्बर ४ काे नेकपा एमाले संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् ।

 

पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री पनि हुन् । सातै प्रदेशका मन्त्रीहरुमध्ये किरण गुरुङ हाई प्रोफाइल नेता हुन् । उनी यसअघि केन्द्र सरकारको वनमन्त्री भइसकेका थिए ।

 

बुधवार विहान पोखरामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा लम्जुङबाट निर्वाचित प्रदेशसभा सदस्य मायानाथ अधिकारीलाई चयन गरेको छ । उनी एमाले केन्द्रीय सदस्य हुन् ।

किरण गुरुङ प्रदेश ४

विशेष