मुख्य समाचार समाज

आगलागीबाट विस्थापित वादीलार्इ चर्चित देउडा गायिका तथा प्रस्ताेता मल्लकाे आर्थिक सहयाेग

आगलागीबाट विस्थापित वादीलार्इ चर्चित देउडा गायिका तथा प्रस्ताेता मल्लकाे आर्थिक सहयाेग

कैलाली । सुदुरपश्चिमकी चर्चीत गायिका चाँदनी मल्लले कैलालीको लम्की चुहा-३ बल्चौरमा आगलागीबाट घरवार विहीन बनेका वीरबहादुर वादीलार्इ १० हजार सहयोग गरेकी छन् ।

आगलागीबाट घर र लाखाैंकाे सम्पत्ति जलेर नष्ट भर्इ विस्थापित भएका वादीलार्इ मल्लले केही राहात हाेस्, भनेर १० हजार नगद सहयाेग गरेकी हुन् । 

गायिका तथा प्रस्ताेता मल्लका अनुसार आफुले वादी बसिआएकाे ठाउँबाट विस्थापित नै हुने थाहा पाएपछि केही राहात स्वरूप सानाे सहयाेग गरेकाे बताएकी छन् । 



गायिका मल्लले कैलाली क्षेत्र नम्बर- २ का सांसद झपट रावल मार्फत साे नगद रकम हस्तान्तरण गरेकी हुन् । गत चैत्र १२ गते वीरबहादुरको घरमा आगलागी भएपछि सांसद रावल वादी बस्तीमा क्षतिकाे विवरण लिन पुगेका  थिए । विवरण पाएपछि सांसद रावलले आफ्नाे तर्फबाट पनि सहयाेग गरिसकेका छन् । 

रावल घर जलेर वादी विस्थापित भएकाे जानकारी गायिका मल्ललार्इ गराएपछि मल्ल पनि सहयाेग गर्न प्रेरित भएकी हुन् । मल्लले गरेकाे सहयाेग रकम रावल केही दिनभित्रै वादीलार्इ बुझाउने बताएका छन् ।

कैलाली सांसद

विशेष