राजनीति

डिअाइजी रमेश खरेललाई राजिनामा गर्न नदिनुस् : रविन्द्र मिश्र

डिअाइजी रमेश खरेललाई राजिनामा गर्न नदिनुस् : रविन्द्र मिश्र

काठमाडाैं । विवेकशिल साझा पार्टीका संयाेजक रविन्द्र मिश्रले नेपाल प्रहरीका डिअार्इजी रमेश खरेललार्इ राजिनामा नदिने वातावरण बनाउन नवनियुक्त अार्इजीपी सर्वेन्द्र खनाललार्इ अाग्रह गरेका छन् ।

 

आइजीपीको दौडमा रहेका खरेल राजीनामा दिएपछि धेरैकाे असन्तुष्टिका बीचमा रविन्द्र मिश्रले पनि राजिनामा नदिने वातावरण बनाउन सामाजिक सञ्जालमा एक स्टाटस पाेष्ट गरेका छन् । 

 

तर डिअार्इजी खरेलले बुधबार प्रहरी प्रधान कार्यालयको कार्यविभागमा पुगेर राजिनामा दिइसकेका छन् । उनले प्रहरी संगठन र देशका लागि आफ्ना केही सपना भएको तर अहिले ती सपना पूरा गर्ने अवस्थामा आफू नरहेकोले भन्दै राजिनामा दिएको बताए । 

 

जागिर खाइरहनका लागि मात्रै प्रहरीमा बस्ने आफ्नो चाहाना नभएको उनकाे भनार्इ छ ।

रमेश खरेल रविन्द्र मिश्र डिअार्इजी अार्इजीपी

विशेष