सामाजिक सञ्जाल

प्रधानमन्त्रीको अफिसियल ट्वीटरमा एक ट्वीट, ३ लाख ६८ हजारले फलो गर्दै

प्रधानमन्त्रीको अफिसियल ट्वीटरमा एक ट्वीट, ३ लाख ६८ हजारले फलो गर्दै

काठमाडौं । पछिल्लाे समय विभिन्न देशका राष्ट्र प्रमुख, नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालको भरपूर प्रयोग गर्ने प्रचलन बढेको छ । सामाजिक सञ्जालबाट सम्प्रेषण गरिका विषयवस्तु द्रुरतगतिमा प्रवाह हुने र तुरुन्त प्रतिक्रिया पाइने भएका कारण पनि सामाजिक सञ्जालप्रति आर्कषण बढेको छ ।

 

नेता तथा राष्ट्र प्रमुखले सामाजिक सञ्जालमा व्यक्त गरिएका विषयलाई लिएर विवाद पनि हुने गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त सामाजिक सञ्जालको प्रयोग गरेर नै निर्वाचन जितेको भन्ने अपुष्ट खबरहरु आइरहेका छन् । 

 

ट्रम्प सामाजिक सञ्जालमध्ये ट्वीटरमा बढी सक्रिए देखिन्छन् । उनका ट्वीटले वेलावेलामा विवाद समेत ल्याउने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि ट्वीटरमा सक्रिए देखिन्छन् । उनले आफ्ना हरेक इभेन्टहरुका विषयमा ट्वीटरबाट जानकारी दिइरहेका हुन्छन् । त्यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द पनि ट्वीटरमा सक्रिय देखिन्छन् ।

 

तर नेपालका राष्ट्रपति र प्रधानमन्त्रकिो कुरा छुट्टै छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरमा एउटा समानता छ । त्यो हो दुबै जनाको ट्वीटरमा एउटा मात्रै ट्वीट ।

 

गत सोमबारबाट मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले आधिकारिक ट्वीटर एकाउण्ट एट प्रेसिडेण्टटअफएन सञ्चालन गरेकी हुन् । उनको ट्वीटर एकाउण्टलाई ४ हजार ३ सय ४८ जनाले फलो गरेका छन् भने एक लाइक छ । उनले अहिलेसम्म एउटा मात्रै ट्वीट गरेकी छिन् । उनले आफ्नो ट्वीटमार्फत बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन आग्रह गरेकी छिन् ।

 

त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि ट्वीटरमा सक्रिय देखिदैनन् । उनको अफिसियल ट्वीटर एकाउण्ट एट पीएम अण्ड रस्कोरनेपाल बाट उनले एउटा मात्रै ट्वीट गरेका छन् । उनले जम्मा १४ जनालाई फलोइङ गरेका छन् भने उनलाई ३ लाख ६८ हजारले फलो गरेका छन् ।
 

सामाजिक सञ्जाल डोनाल्ड ट्रम्प राष्ट्र प्रमुख

विशेष