राजनीति

प्रधानमन्त्री ओलीलार्इ बिहेको निम्तो दिन नविना लामा पुगिन् बालुवाटार

प्रधानमन्त्री ओलीलार्इ बिहेको निम्तो दिन नविना लामा पुगिन् बालुवाटार

 काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख दोस्रो साता वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् ।

 

लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्धलाई वैशाख १३ गते वैवाहिक सम्बन्धमा परिणत गर्न लागेकी हुन् ।

 

नविना र प्रविणले वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि विहिवारै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका छन् । ३५ वर्षिया युवा नेतृ नविनाको बिहे आर्मी अफिसर्स क्लबमा तय भएको छ ।

 

अनेरास्ववियुको अध्यक्ष भएकै बेला विहे गर्ने नविना रामकुमारी झाँक्रीपछि दोस्रो नेता हुन् । विवाहलाई सामान्य रुपमा सम्पन्न गर्ने र कुनै तडकभडक गर्ने योजना नरहेको लामाले बताइन् ।

बिहे नविना लामा

विशेष