राजनीति

कर्णालीमा १२ महिना जहाज चल्ने व्यवस्था गराउने आश्वासन

कर्णालीमा १२ महिना जहाज चल्ने व्यवस्था गराउने आश्वासन

त्रिपुराकोट, डोल्पा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताएका छन् ।

 


प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको व्यवस्थापनका लागि गृहजिल्ला आएका राज्यमन्त्री बुढाले बिहीबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अब डोल्पाली जनताले पूर्णरुपमा सरकारको सेवा महसुस गर्ने गरी हवाइ उडान र पर्यटनको विकास हुने जिकिर गरे ।

 


नेपाल एअरलाइन्सको उडान थप गर्नाका साथै अन्य निजी कम्पनीका जहाजलाई पनि भाडादरमा एकरुपता गरी सबै जहाज नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बाह्रै महिना तैनाथ रहने गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

 


वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गरी ‘पर्यटन वर्ष २०७५’ मनाइँदैछ । निकट भविष्यमै डोल्पामा रहेको नेपालकै गहिरो ताल शे–फोक्सुण्डो र विश्वकै अग्लो स्थानमा रहेको उपत्यका धोमा विशेष महोत्सव मनाउने तयारी गरिएको जानकारी  पनि राज्यमन्त्री बुढाले दिए ।

कर्णाली व्यवस्था जहाज आश्वासन

विशेष