एमाले – माओवादी एकता संयोजन समिति बैठक आज

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक बिहीबार बस्दैछ ।
बुधबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले रोकिएको र बिहबिार बैठक बस्ने कार्यदलका सदस्यले बताएका छन् ।
कार्यदलमा सहमति जुट्न नसकेका चुनाव चिह्न, जनयुद्द शब्द लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको थियो ।
कार्यदल सदस्य एमाले नेता माधवकुमार नेपालले बिहीबार बैठक बस्ने र सहमति हुन नसकेका विषयमा सहमति खोजिने बताए ।
गत चैत २२ गते बसेको समितिको बैठकले आगामी ९ बैशाखमा पार्टी एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो ।
नेकपा एमाले नेकपा माओवादी एकता संयोजन समिति बैठक