राजनीति

प्रधानमन्त्रीलार्इ भीम रावलले साेधेः पञ्चेश्वरबारे भारतकाे धारणा किन लुकाइयाे ?

प्रधानमन्त्रीलार्इ भीम रावलले साेधेः पञ्चेश्वरबारे भारतकाे धारणा किन लुकाइयाे ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा अाेली भारत भ्रमणबाट फर्केकाे एक साता बित्नै थाल्दा समेत पञ्चेश्वरबारे भारत सरकारकाे धारणा सार्वजनिक नगरेपछि एमालेका उपाध्यक्ष भीम रावलले प्रश्न उठाएका छन् । 

 

उपाध्यक्ष  रावलले पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा भारत सरकारको धारणा सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन् । 

 

उनले तराईमा हुने डुबान समस्या समाधानका विषयमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भारतसँग कसरी विषय उठान गर्‍यो भनी सार्वजनिक गर्नुपर्ने बताए । 

 

बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता रावलले पञ्चेश्वर परियोजना कसरी अघि बढाउने भन्ने विषयमा संयुक्त पत्रकार सम्मेलनमा जानकारी नगराइएकाले आफू यस विषयमा अनभिज्ञ रहेको पनि स्पष्ट पारे ।

 

 भारतको राजकीय भ्रमणपछि प्रधानमन्त्री ओलीसँग भेट नभएको भन्दै उपाध्यक्ष रावलले भारतले २० वर्षमा पञ्चेश्वर परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न समेत चासो नदिएको पनि स्मरण गराए।

 

उपाध्यक्ष रावलले मुलुकको साझा हितका विषयमा सहकार्य गरेर अघि बढ्न प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसलाई पनि आग्रह गरे।
 

केपी शर्मा अाेली भारत भ्रमण पञ्चेश्वर

विशेष