राजनीति प्रदेश ७

व्यवसायिक शिक्षा नीति बनाउँछौं-मुख्यमन्त्री भट्ट

व्यवसायिक शिक्षा नीति बनाउँछौं-मुख्यमन्त्री भट्ट

डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको व्यवसायिक शिक्षा नीति बनाउन आफूले विशेष पहल गर्ने बताएका छन् ।

 

प्रदेश ७ कै सवैभन्दा पुरानो सामुदायिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सव समारोहमा बोन्दै मुख्यमन्त्री भट्टले नेपालको शिक्षा नीति व्यवसायमुखी नभएकै कारण बेरोगारीको समस्या सुल्झन नसकेको बताए । ‘जागिर गर्नलाई मात्र पढ्नु पर्छ भन्ने मान्यता समाजमा छ’ मख्यमन्त्री भट्टले भने ‘त्यसैले युवाहरुलाई व्यवसायिक बनाउने गरी शिक्षा नीति बन्नु जरुरी छ ।’

 


मुख्यमन्त्री भट्टले गरीब र निमुखा समुदायलाई पनि उच्च शिक्षाको पहुँचमा पुर्‍याउन प्रदेश सरकार प्रयासरत रहने बताए । उनले भने ‘प्रदेशको चमत्कारी विकास पाँच वर्षमै गर्न नसकिए पनि सही नीति, विधि र पद्धतिस्थापित गर्न म अहोरात्र लागि पर्नेछु ।’

 

 

यस अभियानमा प्रदेशवासीको पनि पूर्ण सहयोग रहने मुख्यमन्त्री भट्टको विश्वास छ । उक्त अवसरमा भट्टले कैलाली क्याम्पसको स्तरोन्नतीका लागि प्रदेश सरकार कटिवद्ध रहने बताए ।

 

 

कार्यक्रममा प्रदेश सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिम विश्वविद्यालय प्रदेश सरकारको मताहतमा ल्याउन पहल भइरहेको जानकारी दिए ।

 

टोल टोलमा क्याम्पस खोल्ने चलन ठिक नभएको बताउदै मन्त्री सोराडीले भने ‘क्याम्पस मर्जको नीति ल्याएर व्यवस्थित क्याम्पस बनाउन सामाजिक विकास मन्त्रायल तयारी गरिरहेको छ ।’


३८ औं वाषिर्कोत्सव समारोहको समापन सत्रमा क्याम्पसमा लामो समय अध्यापन गरेका प्राध्यापकहरुलाई क्याम्पसद्वारा सम्मान समेत गरिएको छ ।

डोटी प्रदेश ७ मुख्यमन्त्री त्रिलोचन भट्ट शिक्षा नीति

विशेष