एमाले-माओवादी एकता वैशाख ९ मै घोषणा हुनेमा संशय

काठमाडाैं । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ । पार्टी एकतासम्बन्धी विधान र राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले वैशाख ९ मा पार्टी एकता गर्न सुझाएको थियो ।
त्यही दिन घोषणा गर्ने गरी दुवै दलले आ, आफ्नो पार्टीमा आन्तरिक तयारी अघि बढाउने भनिएको थियो । तर, वाम एकता संयोजन समिति बैठकले एकताको औपचारिक मिति तय गर्दै दुई दलबीच विवादति विषय निरुपण नगर्दा दुवै दलमा संशय छाएको छ ।
प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी ओली भारत भ्रमणमा जानुअघि गत २२ गते समितिको बैठक बसेको थियो ।,यो खबर आजको कान्तिपुरमा छ ।
वाम एकता संशय