यसकारण हुँदैछ एमालेसँग फोरम पनि सशंकित !

काठमाडाैं । सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादी फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट सशंकित भएको छ ।
एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरुले जनाएका छन् । संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरुले एमालेप्रति असन्तुष्टी जनाएका हुन् ।
संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरुले प्रस्ट पारेका छन् । एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरुको भनाई छ ।,यो खबर आजको नागरिक दैनिकमा छ ।
एमाले फोरम