राजनीति

प्रधानमन्त्री ओली अाज कर्णाली जाने, भोलि राराबाट राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओली अाज कर्णाली जाने, भोलि राराबाट राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बागलुङ हुँदै कर्णाली जाने भएका छन् । मुगुको रारामा शनिबारदेखि सुरु हुने रारा पर्यटन वर्षको उद्घाटनका लागि उनी त्यसतर्फ जान लागेका हुन् । 

 

दिउँसो बागलुङको ढोरपाटन अवलोकन गरेपछि बेलुकी प्रधानमन्त्री ओली डोल्पाको दुनै पुग्ने कार्यक्रम छ । कर्णाली प्रदेशले आयोजना गरेको रारा पर्यटन वर्षको प्रधानमन्त्री ओलीले शनिबारदेखि उद्घाटन गर्ने छन् । 

 

त्यसअघि बिहान उनले राराबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले कर्णालीमा एक बालिकालाई विद्यालय भर्ना गर्ने तयारी पनि गरेका छन् । 

 

देशबाट निरक्षरता उन्मूलनको लागि सबै जनप्रतिनिधिले जस्तै आफूले पनि एक बालिकालाई विद्यालय लगेर नाम लेखाउने प्रधानमन्त्रीले यसअघि नै घोषणा गरेका छन् । 

 

भर्ना अभियान प्रभावकारी बनाउन यसवर्ष प्रधानमन्त्री सहित मन्त्री, सांसद र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले बालबालिकालाई विद्यालय लगेर नाम लेखाउने कार्यक्रम तय भैसकेको छ ।

प्रधानमन्त्री ओली कर्णाली

विशेष