राजनीति

पूर्वप्रधानमन्त्री भट्टराई एक साता लागि अाज भारत जाने

पूर्वप्रधानमन्त्री भट्टराई  एक साता लागि अाज भारत जाने

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शुक्रबार भारत जाने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी भारतको बैंगलोर जान लागेका हुन् । 

 

संयोजक भट्टराईले पार्टीको लुम्बिनी भएकाे विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिने छन् । उनी भारतमा एक साता बस्ने छन् । त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल गर्ने भएका छन् ।

 

भट्टराईले भारतका मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडूलगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्ने छन् । साथै संयोजक भट्टराईले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन गर्ने छन् ।

 

भट्टराईले धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् । उनको साथमा पार्टीकी विदेश विभाग इन्चार्ज हिसिला यमी  ८८ वर्षीय बुबा भोजप्रसाद भट्टराई पनि रहनेछन् । बुबासँगै भट्टराईले रामेश्वरम र द्वारकाधामको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

 

डा. भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किने नयाँ शक्ति पार्टी नेपालको मिडिया सेन्टरले जनाएको छ ।

डा. बाबुराम भट्टराई

विशेष