राजनीति

संसद विकास कोषको बजेट योगशिविरको भत्तामा खर्च

संसद विकास कोषको बजेट योगशिविरको भत्तामा खर्च

काठमाडौं । सांसद विकास कार्यक्रमको पैसा मनपरी र नियम विपरित खर्च गरेको पाइएको छ। जिल्ला समन्वय समिति काठमाडौंले एक सांसदको सांसाद विकास कार्यक्रमबाट नियम विपरित योगशिविर प्रशिक्षण भत्ता दिएको पाइएको हो ।  निर्वाचन क्षेत्र विकास कार्यसञ्चालन कार्यविधि अनुसार यसरी योगशिविर लगायतका कार्य सञ्चालन गर्न सक्ने प्रवधान छैन। 


महालेखा परिक्षक कार्यलयको ५५ औँ प्रतिवेदन अनुसार काठमाडौं महानगरपालिका कोटेश्वरमा उपभोक्ता समितिमार्फत योगशिविर चलाएको भनी प्रशिक्षण भत्ता बापत ७ लाख २८ हजार रुपैयाँ खर्च देखाइएको छ।  त्यस्तै  खाना, साउण्ड र त्रिपाल भाडामा ६ लाख ६१ हजार दिएको उल्लेख गरिएको छ। 


कागेश्वरी मनहरामा भाषा र योग शिविरमा छ लाख ४२ हजारसमेत गरी२० लाख ३१ हजार र कुलेश्वरकोयोगपार्क निर्माणमा ११ लाख ५० हजार गरी ३० लाख ७६ हजार खर्च गरेको महालेखा उल्लेख गरेको छ।

 

निर्वाचन क्षेत्र विकास कार्यसञ्चालन कार्यविधि, २०५८ मा योग शिविर कार्यक्रम सञ्चालन गर्नसक्ने उल्लेख गरेको नदेखिँदा खर्च रकम नियमित देखिएन। ५५ औँ प्रतिवेदनमा भनिएको छ।   
 

भत्ता सांसद विकास कार्यक्रम योगशिविर

विशेष