अन्तरवार्ता भिडियो राजनीति नेपाल आज विशेष प्रदेश २

राजपा महासचिवको चेतावनीः प्रधानमन्त्रीले संविधान संशोधन नगरे आन्दोलनमा जान्छौँ (भिडियाे)

हेराैँ हनिमून पिरियडसम्म !

राजपा महासचिवको चेतावनीः प्रधानमन्त्रीले संविधान संशोधन नगरे आन्दोलनमा जान्छौँ (भिडियाे)

काठमाडौं । निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सविधान संशोधन गर्नेबारे संकेत देखाए । त्यही संकेतका आधारमा ओली नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) तयार भएको थियो ।

 

 र, राजपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दियो । त्यसै बीचमा सरकारमा ल्याउन ओलीले राजपा नेताहरुसँगको भेटवार्तालाई पनि तीव्रता दिए । सत्तासीन दल माओवादी केन्द्र पहिले नै संविधान संशोधनमा तयार थियो ।

 

पछिल्लो समय एमालेले पनि संविधान संशोधन गर्न सकिने संकेत दखाएछि आफ्नो माग पूरा हुनेमा आशावादी भएको राजपा ओलीले बेवास्ता गर्दा समस्यामा परेको देखिन्छ ।   



राजपाको सत्ता यात्रामा किन ब्रेक लाग्यो ? ओलीको बेवास्ताले संविधान संशोधन के हन्छ ? राजपाको आगामी रणनीति के हुने भन्नेबारे नेपाल आजले राजपा महासचिव एवं प्रवक्ता केशव झासँग कुराकानी गरेको छ ।

 

प्रधानमन्त्री ओलीसँग तेस्रो पटक भएको सरकार विस्तारयता सरकारमा जानेबारे कुनै छलफल नभएको भन्दै राजपा प्रवक्ता झाले सत्ता यात्रामा ब्रेक लाग्न सक्ने संकेत देखाए ।


उनका अनुसार पछिल्लो समय प्रधानमन्त्रीले राजपालाई बेवास्ता गरेका देखिएको छ । उनले भने, ‘जनतासँग सविधान संशोधन गराउँछौँ भनेर बाचा गरेका छौँ, त्यसअनुरुप केही समय पर्खन्छौँ ।’    

 

प्रधानमन्त्रीले संविधान संशोधनका गर्न सकिने बताए पनि तयार नभएको भन्दै यस्तो गरिए आफूहरुको आन्दोलनको स्वरुप बदलिने उनी बताउँछन् ।


भारतको चासो


प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सकिने बताएकाले भारतले यसबारे कुरा नउठाएको प्रवक्ता झाको बुझाइ छ । ‘भारतले नाकाबन्दी गरेको थिएन, मधेसमा आन्दोलन हँुदा यसको प्रभाव मात्र परेका हो’ उनी भन्छन्, ‘छिमेकीको घरमा हुलदंगा मच्चिँदा उसको पनि घरमा त्यसले प्रभाव पर्ने भएकाले उसले चासो बढाएको हो ।’ 

 

ओली पहिले पटक प्रधानमन्त्री हुँदा आफूहरुसँग छलफल नै नगरी तत्कालीन परराष्ट्रमन्त्री कमल थापालाई नयाँदिल्ली पठाउनुमा पनि ठूलो रहस्य लुकेको उनी बताउँछन् ।

 

‘भारतको सम्बन्ध एमाले, कांगे्रस र माओवादीसँग बढी हुन्छ । सन्धि सम्झौता उनीहरुले गर्छन् । हामीसँग कुनै स्वार्थ छैन,’ उनले भने ।


फोरम–राजपा


संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई आफूहरुले समायोजनको वातावरण बनाइदिएको झा बताउँछन् ।
उपेन्द्र मधेसवादी नेता नै नभएको उनको दाबी छ ।

 

तर समय कालखण्डमा फोरमसँग सहकार्य भइरहने उनले बताए । ६ दल मिलेर एक पार्टी बनकाले राजपामा मन्त्री र पार्टीको नेतृत्व गर्नेहरु धेरै भएको झाको भनाइ छ । 

राजपा संविधान संशोधन केशव झा

विशेष