राजनीति

प्रधानमन्त्री हिल्सा पुगे, चीनसँगको नाका अवलोकन गर्ने

प्रधानमन्त्री हिल्सा पुगे, चीनसँगको नाका अवलोकन गर्ने

सिमकोट । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानामा अवस्थित हिल्सा प्रस्थान गरेका छन् । कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा पुगेका ओली हिल्सा नाकाको अवलोकनका लागि हेलीकोप्टरमार्फत हिल्सा प्रस्थान गरेका हुन् । 

 

रारबाट उडेका दुई हेलिकप्टरबाट प्रधानमन्त्री ओली रक्षा मन्त्री ईश्वर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही लगायतको प्रदेश र संघीय सरकारका मन्त्री तथा विशिष्ठ व्यक्तित्व हिल्सा नाका गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले बताए ।

 

सीधै हिल्सा गएका प्रधानमन्त्री ओलीको टोली हुम्ला सदरमुकाम सिमकोट आएर स्थानीयसँग भलाकुसारी गर्ने कार्यक्रम  रहेको प्रमूख जिल्ला अधिकारी ढुंगानाले जानकारी दिए । 

 

हुम्लाको विकास र हिल्सा नाकाको स्तरोन्नति गरेर चल्तीको बनाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउने तयारी समेत भएको माओवादी केन्द्रका नेता विजय भण्डारी प्रतिरोधले बताए । 

 

जिल्लाका सबै राजनीतिक दल, स्थानीय सरकार र समग्र हुम्लावासीको तर्फबाट केन्द्रीय र प्रदेश सरकारसमक्ष उक्त माग राख्ने तयारी भएको जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले बताए । 

प्रधानमन्त्री केपी शर्मा ओली हिल्सा नेपाल–चीन सिमाना

विशेष