राजनीति प्रदेश ६ मुख्य समाचार

कर्णालीलार्इ अनुकरणीय प्रदेश बनाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

‘आजैबाट विकसित देश बनाउने प्रण गरौँ’

कर्णालीलार्इ अनुकरणीय प्रदेश बनाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि नै विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्। हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैँ पछाडि रहन नसक्ने बताएका हुन् ।

 

‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौँ ।’’ प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउँको महत्व उत्तिकै रहेको बताए । ‘

 

‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ’’, उनले भने, ‘‘सबै ठाउँको महत्व आ–आफ्नै छ ।’’ प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउँदै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए ।

 

कर्णालीबाट जडिबुटिको प्रबर्द्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।

 

यसअघि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रधानमन्त्री ओली हुम्ला

विशेष