राजनीति

परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने घोषणा

परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने  घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट ५ खज्र्याङकी एक बालिका अस्मिता परियारलाई एसइईसम्म पढाउने घोषणा गरेका छन् । मन्त्री ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो घोषणा गरेका हुन् ।

 

स्थानीय वीपी स्मृति प्राथमिक विद्यालयमा अस्मितालाई कक्षा १ मा भर्ना गर्नुका साथै अभिभावकत्व ग्रहण गर्ने क्रममा मन्त्री ज्ञवालीले अस्मितालाई एसइईसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च पनि आफूले बेहोर्ने घोषणा गरेका छन् ।


गरिब, दलित परिवार तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय भर्ना तथा अभिभावकत्व ग्रहण गर्ने क्रममा अस्मिताको अध्ययन खर्च बहन गर्ने मन्त्री ज्ञवालीले घोषणा गरेका हुन् ।

 

विपी स्मृति प्रावि, छत्रकोट-५, गुल्मीकी छात्रा अस्मिता परियारको शैक्षिक अभिभावकत्व ग्रहण गर्न पाउँदा निकै ख़ुशी छु । अस्मिताको शैक्षिक भविष्य उज्ज्वल होस् ! माध्यमिक तहसम्मको शिक्षाका लागि आवश्यक सहयोग गर्नेछु ।

— प्रदीप ज्ञवाली (@PradeepgyawaliK) April 14, 2018

 

विपी स्मृति प्रावि, छत्रकोट-५, गुल्मीकी छात्रा अस्मिता परियारको शैक्षिक अभिभावकत्व ग्रहण गर्न पाउँदा निकै ख़ुशी छु । अस्मिताको शैक्षिक भविष्य उज्ज्वल होस् ! माध्यमिक तहसम्मको शिक्षाका लागि आवश्यक सहयोग गर्नेछु ।

 


मन्त्री ज्ञवालीले कार्यक्रममै बालिका अस्मिताको अध्ययन खर्च बेहोर्ने घोषणा गरेका हुन् । उनले आफ्नो ट्वीटरमा अभिभावकत्व ग्रहण गर्न पाउँदा निकै खुशी भएको बताएका छन् ।

 

उनले भनेका छन्, वीपी स्मृति प्रावि छत्रकोट ५ गुल्मीकी छात्रा अस्मिता परियारको शैक्षिक अभिभावकत्व ग्रहण गर्न पाउँदा निकै खुशी छु । अस्मिताको शैक्षिक भविष्य उज्जवल होस् । माध्यमिक तहसम्मको शिक्षाका लागि आवश्यक सहयोग गर्नेछु ।

प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री अस्मिता परियार

विशेष