मुख्य समाचार राजनीति

प्रधानमन्त्री अाेली एक महिनाभित्रै चीन भ्रमण गर्ने तयारीमा

प्रधानमन्त्री अाेली एक महिनाभित्रै चीन भ्रमण गर्ने तयारीमा

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार  बेइजिङ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका छन् । 

 

चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि नेपालबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हुने छ ।


स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली एक महिनाभित्रै चीन भ्रमणमा जाने गरी दुवै देशको कूटनीतिक संयन्त्रमा छलफल भइरहेको छ । ज्ञवालीको भ्रमणमा कुनै ठोस सम्झौता हुने–नहुनेबारे अहिलेसम्म बेइजिङस्थित नेपाली दूतावास जानकार छैन ।

 

 ‘परराष्ट्रमन्त्रीज्यू ३ देखि ८ वैशाखसम्म चीनको औपचारिक भ्रमणमा आउने तय भएको छ,’ बेइजिङस्थित नेपाली दूतावासका प्रवक्ता हरिश्चन्द्र घिमिरेले टेलिफोनमा  भने, ‘परराष्ट्रमन्त्रीज्यूको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर हुन्छ कि हुँदैन भन्ने जानकारी आइसकेको छैन ।

 

 तर, उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी हुने प्रचलन नै हो, यसपटक पनि हुन सक्छ ।’ प्रधानमन्त्री ओली यसअघि ०७२ चैतमा चीन भ्रमणमा गएका थिए । याे खबर  अाजकाे नयाँ पत्रिका दैनिकमा छ ।
A

प्रधानमन्त्री अाेली चीन भ्रमण

विशेष