मुख्य समाचार समाज

युवतीको हत्या गरेर फरार अभियुक्त भारतकाे सिमानाबाट पक्राउ

काठमाडौँको एक होटेलमा युवतीको हत्या गरी फरार रहेको एक अभियुक्त नेपाल-भारत सीमानाका गड्डाचौकीबाट पक्राउ परेका छन्।

 

प्रहरीले गत चैत २३ गते टोखा नगरपालिका–९ मिलन टोलस्थित भूमेश्वरी गेष्ट हाउसमा नाम, थर खुल्न नसकेकी अन्दाजी २२ वर्षीया महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव फेला परेपछि घटनाको अनुसन्धान अगाडि बढाएको थियो।

 

गेष्ट हाउसको आगन्तुक पुस्तिकामा दाङ घोराही नगरपालिका–१ बस्ने २६ वर्षीय विकास वली भनी नाम, थर, वतन टिपाएका व्यक्तिसँग आएकी ती महिला गेष्ट हाउसको २ सय ३ नम्वर कोठा बुकिङ गरी बसेकी थिइन्। भोलिपल्ट गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा कोठाभित्र मुख र खुट्टामा रूमालले बाधेको अवस्थामा मृत फेला परेकी थिइन्।

 

एक युवकसँग आएकी ती युवतीको तिनै युवकले हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले घटनामा संलग्न रहेका ती युवक सल्यान जिल्ला शारदा नगरपालिका–१ बस्ने गोपाल शर्मालाई कञ्चनपुरको गडडाचौकी आसपासमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

 

युवतीसँग २००० मकोलमोलाईमा होटेलमा पुगेका ती युवक युवतीले अत्याधिक मदिरा सेवन गरी झगडा गर्न पालेपछि आक्रोशमा आई घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी परिसरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

 

हत्यापछि युवतीका हातखुट्टा कपडाले बाधेर शर्मा फरार रहेको जनाइएको छ। युवलाई पक्राउ गर्नका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी निरीक्षक विक्रम लामा नेतृत्वको प्रहरी टोली परिचालन गरिएको थियो।

 

प्रहरीले शर्माको काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

युवतीको हत्या फरार गड्डाचौकी

विशेष