मुख्य समाचार राजनीति

जनयुद्ध स्वीकार र बराबरी हैसियत नभए पार्टी एकता असम्भव : वाईसीएल

जनयुद्ध स्वीकार र बराबरी हैसियत नभए पार्टी एकता असम्भव : वाईसीएल

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलले एमालेले जनयुद्धलाई स्वीकार नगरे पार्टी एकता नगर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको छ ।

 


प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट्न गएको वाईसीएलको टोलीले जनयुद्धलाई सम्मानकासाथ स्वीकार नगरे पार्टी एकता नगर्न प्रचण्डलाई सुझाव दिएको हो ।

 


‘जनयुद्ध भन्ने शब्द पार्टीको विधानमा लेखेर दराजमा थन्काउँदैमा जनयुद्धको सम्मान नहुने भन्दै एकीकृत पार्टीले यसलाई सहजै स्वीकार गर्नुपर्ने माग हामीले अध्यक्षसँग राख्यौँ, वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले भने, ‘यो पार्टी प्रवेश होइन एकता हो, त्यसैले हैसियत पनि बराबरी हुनुहुपर्छ र जनयुद्ध पनि स्वीकार गर्नुपर्छ नत्र एकता हुँदैन भनेर हामीले प्रचण्डलाई भनेका छौं ।’

 


यस्तै, प्रचण्ड र ओलीमध्ये एक प्रधानमन्त्री हुने र एकजना पार्टीको अध्यक्ष हुनुपर्ने भन्दै वाईसीएलले सह–अध्यक्ष हुने व्यवस्था पनि नराख्न आग्रह गरेको छ । आफूहरुको माग सुनेपछि प्रचण्डले समान हैसियत र जनयुद्ध स्वीकार गर्ने विषयमा आफू अडिग रहेको तर सहअध्यक्षको विषयमा भने सल्लाह गर्नुपर्ने जवाफ दिएको वाईसीएल अध्यक्ष दीपशिखाले जानकारी दिए ।

वाइसिएल जनयुद्ध पार्टी एकता बराबरी हैसियत

विशेष