मुख्य समाचार राजनीति

नयाँवर्षमा एक लाख सदस्य बनाउने विवकेशीलको घोषणा

नयाँवर्षमा एक लाख सदस्य बनाउने विवकेशीलको घोषणा

काठमाडौँ । विवेकशील साझा पार्टीले २०७५ साललार्इ संगठन विस्तार वर्षको रुपमा घोषणा गरेको छ। 

 

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै विवेकशीलले नयाँ वर्षलाई संगठन विस्तारको वर्षको रुपमा घोषणा गरेको निर्णय सार्वजनिक गरेको हो।

 

सापेक्षित बलियो संगठन बिनाको सदभावले मात्रै जीवनकालमा मुलुकलाई रुपान्तरण गर्ने लक्ष्य हासिल हुन नसक्ने कुरामा सचेत रहेको भन्दै साझाले २०७५ सालमा देशव्यापीरुपमा संगठन विस्तार गरी कम्तीमा एक लाख पार्टी सदस्य बनाउने लक्ष्य लिएको बताएको छ। 

 

विवेकशील साझाले संगठन विस्तार गर्नुका साथै जनताको विशाल पंक्तिलाई पार्टीका विभिन्न रचात्मक र नतिजामुखी अभियानहरूसँग जोडेर संगठन विस्तारको कामलाई तीव्रता दिने बताएको छ। 

विवेकशील साझा पार्टी विस्तार वर्ष

विशेष