मुख्य समाचार राजनीति

ओलीको ब्रिफिङ : भड्काउन खोजे पनि एकता हुन्छ

ओलीको ब्रिफिङ : भड्काउन खोजे पनि एकता हुन्छ

काठमाडौं । अहिले एकता गरेर जाँदा प्रचण्डजीमा कहीँ न कहीँ हामी (माओवादी) छायामा पर्छौँ कि भन्ने आशंका देखिन्छ ।

 

एकतापछि कतै एमाले नै हाबी हुने हो कि, माओवादीको हैसियत कमजोर हुने हो कि भन्ने पनि देखिन्छ । यस्तो आशंकाबीच कतिपय मान्छेहरूले भड्काउनका लागि शंका भरिदिएको पनि हुनसक्छ ।

 

सम्मानजनक भनेर ५०/५० अनुपातमा एकताको कुरा त्यतिकै आएको पनि छैन । तर, जे होस् उहाँसँग सकारात्मक दिशामा कुरा अघि बढेको छ, विश्वासको वातावरण बन्दै छ ।

 

संयोजन समितिमा पनि थप छलफल हुन्छ र ९ गते नै पार्टी एकता घोषणा गर्ने गरी तयारी गर्नुपर्छ । एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

 

माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ ।,यो खबर आजकोनयाँ पत्रिकामा छ । 

एमाले र माओवादी

विशेष