मुख्य समाचार राजनीति

राष्ट्रपति भण्डारीको शपथ विवादसम्बन्धी रिट खारेज

राष्ट्रपति भण्डारीको शपथ विवादसम्बन्धी रिट खारेज

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरेको छ । 

 

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो । 

 


अवकाश प्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथ ग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर गरेका थिए ।  

 


रिट निवेदनमा न्याय परिषद्मा भएको तत्कालीन प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते नै उमेर हदले ६५ वर्ष पुगेको हुँदा उहाँले खुवाएको शपथग्रहण गैरकानूनी भएको उल्लेख गरिएको थियो । 

विद्यादेवी भण्डारी गोपाल पराजुली शपथ रिट निवेदन

विशेष