मुख्य समाचार देश

मेयर चढेको गाडी दुर्घटना, कुमको जोर्नी नै भाँचियो

मेयर चढेको गाडी दुर्घटना, कुमको जोर्नी नै भाँचियो

काठमाडौं । पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ ।

 

मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी मेयर शर्मा गम्भीर घाइते भएका छन् । त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन् ।

 

मेयर शर्माको कुमको जोर्नी भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष तेज बिष्टले जानकारी दिए ।

 

मेयर शर्मालाई अहिले चौरजहारी सामुदायिक अस्पतालमा उपचार गरिँदैछ ।

गाडी दुर्घटना पश्चिम रुकुम मेयर विशाल शर्मा

विशेष