मुख्य समाचार राजनीति

बैशाख महिनाभित्रै पार्टी एकता हुने तर ९ गते नभ्याइने : दाहाल

जनयुद्ध, चुनाव चिह्न लगायतका विषय टुंग्याउन बाँकी

बैशाख महिनाभित्रै पार्टी एकता हुने तर ९ गते नभ्याइने : दाहाल

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाख महिनाभित्रै एमालेसँग एकता हुने बताएका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले केही मुख्य विषय टुंग्याउन बाँकी रहेका कारण बैशाख ९ गते एकता घोषणा हुन नसक्ने उनले बताए ।


जनयुद्ध, चुनाव चिह्न र एकताको मोडालिटी अर्थात केन्द्रीय समिति, प्रादेशिक समितिको गठन विधिका विषय नटुंगिएको उनले बताए । यी विषय अध्यक्ष तहमा नै टुंग्याउन कार्यदलले सिफारिस गरेको र हिजो मंगलबारबाट मात्रै छलफल सुरू भएका कारण ९ गते नभ्याइने भएको दाहालले बताए ।


अध्यक्षबीच छलफल सुरू चाँडै हुने र नयाँ मिति घोषणा गर्ने उनले बताए ।

माओवादी केन्द्र पार्टी एकता चितवन

विशेष