राजनीति

खड्काकाे शव ३ बजेमात्रै पार्टी कार्यलयमा लगिने

खड्काकाे शव ३ बजेमात्रै पार्टी कार्यलयमा लगिने

काठमाडाैं । शुक्रबार साँझ नयाँ दिल्लीमा निधन भएका पूर्व गृहमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर आइतबार बिहानैदेखि सानेपास्थित उनको निवासमा राखिएको छ।

 

उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  कांग्रेसका अन्य नेताहरु, विभिन्न पार्टीका नेताहरु र उनका शुभचिन्तकहरु सानेपा पुगेका थिए।

 

पूर्वराजा ज्ञानेन्द्र शाहका प्रमुख सल्लाहकार पशुपतिभक्त महर्जन पनि सानेपास्थित खड्का निवास पुगेर पार्थिव शरीरमा बुके चढाएका थिए। उनले शाहको शोकसन्तप्त परिवारलाई समवेदना र धैर्यधारणको शक्ति प्राप्त होस् भनी सन्देश पनि सुनाएका थिए ।

 

 पत्रकारसँग कुराकानी गर्दै कांग्रेस नेता शेखर काेर्इरालाले खड्काकाे शव ३ बजेमात्रै पार्टी कार्यलयमा ल्याउने बताएका छन् । खड्काका छाेरा लण्डनबाट अाउन ढिला भएकाले पुर्व निर्धारित समयभन्दा ढिला गरि उनकाे शव पार्टी कार्यलयमा ल्याउन लागिएकाे हाे ।

 

खड्काकाे अन्तिम दाहासंस्कार पशुपति अार्यघाटमा हुने छ । एक नेताका अनुसार उनकाे शव पूर्वप्रधानमन्त्री सुशील काइरालालाई लगेकाे रूट हुँदै अार्यघाट पुर्याइने छ ।

 

विशेष