राजनीति

नेविसंघको ४९ औं स्थापना दिवसः कांग्रेसका नेताहरूले भने अधिनायकवाद आइसक्याे

नेविसंघको ४९ औं स्थापना दिवसः कांग्रेसका नेताहरूले भने अधिनायकवाद आइसक्याे

काठमाडौं । कांग्रेस नेताहरुले देशमा अधिनायकवाद आइसकेको बताएका छन्। नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले अधिनायकवाद आइसकेको जिकिर गरेका हुन्।

 

त्रि चन्द्र क्याम्पसमा आयोजित कार्यक्रममा पार्टी सभापति देउवाले संसारमा फेल भइसकेको कम्युनिस्ट शासन व्यवस्था लागू गर्न लागिएको बताए। देउवाले सरकारको सबै क्षेत्रमा हस्तक्षेप बढेको बताउँदै कार्यकर्तालाई प्रतिवाद का लागि एकजुट आब्हान गरे। देउवाले पार्टी एकजुट बनाउन आफु लागिरहेको जनाउँदै एकजुट हुन नआउनेहरू लाई जबर्जस्ती ल्याउन नसकिने बताए।

 

महामन्त्री शशांक कोइरालाले परिस्थिति गम्भीर भएकोले गुट उपगुट को परम्परा निस्तेज पार्न सभापतिलाई सुझाए। अर्का नेता गोपालमान श्रेष्ठले सरकारले सभा जुलुसमा प्रतिबन्ध लगाउने मनशायले अघि बढेको बताए। नेबिसंघ का कार्यकर्तालाई निषेधित क्षेत्र तोड्न निर्देशन दिए। 

 

सभामा काँग्रेस नेता डा सेखर कोइरालाले अधिनायकवाद आइसकेको वताए। प्रधानमन्त्री मातहत राज्यका निकायहरु ल्याउनु अधिनायक वाद सोच भएको उनको ठम्याइ थियो। सरकारले बिस्तारै सामाजिक सञ्जाल र मिडियालाई पनि अंकुश लगाउने उनले ठोकुवा गरे।

 

सरकारमा नहुँदा कथित राष्ट्रवादको भाषण गर्ने ओली सरकारमा पुगेपछि लम्पसार वादी भएको नेता डा प्रकाश शरण महतले बताए। महतले काँग्रेसमाथि  नियोजित आक्रमण हुने गरेको बताउँदै प्रतिवादमा उत्रन नेबिसंघ कार्यकर्तालाई आब्हान गरे ।

 

अर्का नेता एनपी साउदले सामाजिक सञ्जाल र मिडियामा सरकारको  नियन्त्रण हुने जनाउ दिए।  सरकारले राज्य माथि नियन्त्रण गर्दैछ ,सर्वसत्तावादी शासन व्यवस्थाको पूर्व अभ्यास हो। उनले भने ।

नेपाल विद्यार्थी संघ अधिनायकवाद कांग्रेस नेता

विशेष