खड्काको शव पशुपतिमा, विशिष्ट सम्मानकासाथ अन्त्येष्टी गरिने
काठमाडौँ । विदेशमा रहेका छोरा अनुराग खड्का काठमाडौँ आएपछि नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको शव अन्त्येष्टिका लागि पशुपति अार्यघाट लगिएकाे छ ।
खड्काकाे विशिष्ट सम्मानका साथ अन्त्येष्टि गरिने कांग्रेसले जनाएकाे छ । अहिले कडा सुरक्षा परिचालनका साथ खड्काकाे शव अन्त्येष्टि गरिन लागिएकाे हाे ।
पशुपतिनाथमा अन्त्येष्टिमा सहभागि हुन्, खड्काका शुभचिन्तक र सर्वसाधारणाकाे बाक्लाे उपस्थिति रहेकाे छ ।
बिहानैदेखि ३ बजेसम्म खड्का निवास र ३ बजेदेखि ४ बजेसम्म खड्काकाे शव पार्टी कार्यालय सानेपा राखिएकाे थियाे । खड्कालार्इ अन्तिम श्रद्धाञ्जलीका अर्पण गर्न कांग्रेस लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता सानेपा पुगेका थिए ।
मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।
उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको थियो । छोरा अनुराग लण्डनबाट ढिला आइपुगेका कारण खड्काकाे अन्त्येष्टिमा ढिलार्इ भएकाे हाे ।