ओलीलाई यादवकाे सुझावः छिमेकी मुलुकसँग ढुलमुले सम्बन्ध नराख्नु हाेला
राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको क्रममा नेपालको समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सुझाव दिएका छन् ।
सप्तरीको राजविराजमा आइतबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मुलुकलाई आर्थिक उन्नतितर्फ उन्मुख बनाउन भारतसँग कूटनीतिक पहल आवश्यक रहेको बताए ।
अध्यक्ष यादवले नेपालको गरिबी हटाउन र आर्थिक विकासका लागि भारतसँग विकास साझेदारको रुपमा काम गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
छिमेकी मुलुकसँग ढुलमुले सम्बन्ध राख्नुभन्दा आपसी विश्वास कायम राख्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष यादवले लगानीमैत्री वातारण बनाएर पुँजी, प्रविधि भित्र्याउँदै मुलुकलाई विकासको दिशातर्फ अग्रसर बनाउन सफल कूटनीतिक पहल आवश्क रहेको बताए ।