ओली–प्रचण्डबीचकाे ‘वान टु वान’ वार्ता सकियो, छलफल सकारात्मक
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै वार्ता भएको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताको गाँठो फुकाउन दुई अध्यक्षबीच भएकाे साढे दुई घण्टा लामाे वार्ता सकारात्मक रहेको अध्यक्षद्वयलाई उद्धृत गर्दै प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका हुन् ।
मंगलवार बसेको दुई पार्टीको एकता संयोजन समितिले पार्टी एकताका बाँकी विवादमा सहमति खोज्दै प्रतिवेदनलार्इ अन्तिम रूप दिन जिम्मेवारी दिएपछि दुर्इ नेताबीच छलफल चलेको हो ।
९ वैशाखमै पार्टी एकता गर्ने तयारी गरे पनि दुर्इ पार्टीबीच वैचारिक र सांगठनिक विषयका केही महत्वपूर्ण सवालमा सहमति जुट्न सकेको छैन । सहमति नजुटेकै कारण नेताहरूले ९ वैशाखको एकता घोषणा केही पर सारेका छन् ।
केपी शर्मा ओली पुष्पकमल दाहाल