राजनीति

सहमतिको मिलनविन्दु खोज्दै ओली–प्रचण्ड

सहमतिको मिलनविन्दु खोज्दै ओली–प्रचण्ड

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन्। 


मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ।

 

बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवलायले जनाएको छ। केन्द्रीय समितिको अनुपात मिलानउने विषयमा कुरा मिल्न नसकेको बताइएको छ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार निचोड नआएसम्म केही भन्ने अवस्था छैन। ‘सहमतिकै लागि नियमित वार्ता भएरहेका छ तर निचोड नआइ केही भन्ने अवस्था छैन।’ याे खबर अाजकाे राजधानी दैनिकमा छ।
 

पार्टी एकता ओली–प्रचण्ड

विशेष