ओलीसँग अाज गम्भीर छलफल गर्छुः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकताबाट पछि हट्ने ठाउँ नरहेकाे बताएका छन् ।
शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा प्रचण्डले अाज प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गम्भीर वार्ता बताएका हुन् ।
पछिल्लाे समय एमाले नेताहरुको कार्यशैलीले केही संशय पैदा भए पनि त्यसलाई समाधान गर्न लागि परेकाे प्रचण्डले बताए । यसअघि वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिनमा एमाले-माओवादीबीच एकता घोषणा गर्ने भनिएको थियो ।
पार्टी एकताका लागि अान्तरिक तयारी नपुगेकाे भन्दै मिति केही पर सरेकाे नेताहरुले बताएका छन् ।
दुर्इ दलबीच नवगठित समितिहरूमा दुवै पार्टीका कति–कति सदस्य रहने, चुनाव चिह्न के राख्ने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने विषयमा कुरा मिल्न सकेकाे छैन ।
प्रचण्ड ओली पार्टी एकता