राजनीति

वैशाख ९ भित्र पार्टी एकता : मन्त्री बस्नेत

वैशाख ९ भित्र पार्टी एकता : मन्त्री बस्नेत

काठमाडौं । माओवादी केन्द्रका नेता एवं वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वैशाख ९ भित्रै नेकपा एमालेसँग एकता हुने बताएका छन्।  

 

पार्टी एकताको प्रतिवेदन मस्यौदा कार्यदलका सदस्यसमेत रहेका बस्नेतले आज सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेको जानकारी दिए।

 

'दुवै कार्यदलले प्रतिवेदन बुझाइसकेका छन्', मन्त्री बस्नेतले भने, 'पार्टी एकता संयोजन समितिमा अन्तिम छलफल हुन्छ।' उनले दुवै पार्टीको निश्चित तहबाट प्रतिवेदन पारित भई वैशाख ९ भित्र एकता हुने दाबी गरे । 

 

'एकताको विभिन्न मोडेलमा छलफल भइरहेको छ', बस्नेतले भने, 'चैत २३ अगाडि नै एकताको घोषणा गर्ने कोसिस थियो। अब पूर्वनिर्धारित समय कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन हुने देखियो।'

विशेष