राजनीति

दरार घटाएर छिटाे पार्टी एकता गर्न का‌ंग्रेस नेता पाै‍डेलकाे वामलार्इ शुभकामना

दरार घटाएर छिटाे पार्टी एकता गर्न का‌ंग्रेस नेता पाै‍डेलकाे वामलार्इ शुभकामना

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको समयमा जनतालाई देखाएका सपना अनुसार काम गर्न सरकारलाई सुझाव दिएका छन्। 

 

एमाले र माओवादी केन्द्रको पार्टी एकतातर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले भने, 'वाम एकतामा अहिले दरार आउन खोजेको छ, हाम्रो शुभकामना भनेको एकताका लागि हो।' 

 

रत्ननगरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उद्घाटन गर्दै पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप समेत लगाए।  


संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रस्ट भएको उनको भनाइ थियो। 


उनले भने, 'दुई तिहाइको दम्भ देखाउँदै संवैधानिक निकायलाई त्रस्त पार्न खोजिएको छ, यसबाट प्रष्ट हुन्छ कि अब सर्वसत्तावादतर्फ सरकार जाँदैछ।' नेपालमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ, उनले भने। 


लामो संघर्षपछि मुलुकमा संघीयता आएको भन्दै उनले अहिले सरकार संघीयताको विपरीत जान खोजेको आरोप लगाए। सबै शक्ति विकेन्द्रित गर्नुपर्ने समयमा प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्नुले संघीयताको विरुद्ध जान खोजेको देखिएको उनले बताए। 

रामचन्द्र पौडेल पार्टी एकता चितवन

विशेष