मुख्य समाचार राजनीति

सरकार सञ्चालन गर्न यस्तो बन्दैछ प्रधानमन्त्री ओलीको टिम

सरकार सञ्चालन गर्न यस्तो बन्दैछ प्रधानमन्त्री ओलीको टिम

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी अध्ययन अनुसन्धान संस्था थिंकट्यांक गठनको गृहकार्य अघि बढाएका छन्। यस्तो निकायले अमेरिका, भारतलगायतका मुलुकमा जस्तै सरकारलाई सुझाब दिनेछ।

 

थिंकट्यांक गठनका लागि ओलीले एक महिनाअघि विभिन्न क्षेत्रका एक दर्जन विज्ञसँग परामर्शसमेत गरिसकेका छन्। प्रारम्भिक गृहकार्य सकिएपछि थिंकट्यांक गठनका लागि ऐनको मस्यौदा बनाउने प्रधानमन्त्री ओलीको योजना छ।

 

प्रधानमन्त्री ओलीले अहिलेसम्म तीन सल्लाहकार मात्र नियुक्त गरेका छन्। एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाल मुख्य सल्लाहकार छन्। प्रधानमन्त्रीसँग समन्वय गर्दै अन्य सल्लाहकारलाई पनि निर्देशन दिने काम रिजालले नै गर्छन्।

 

त्यस्तै, प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा पूर्वसांसद अच्युत मैनाली नियुक्त गरिएका छन्। स्वकीय सचिवको नेतृत्व राजेश बज्राचार्यले गरेका छन्। उनी लामो समयदेखि ओलीको सचिवालयमा थिए।

 

उनलाई सहयोग गर्ने गरी झापाका दीपेन्द्र दाहाल उपस्वकीय सचिवको जिम्मेवारीमा छन्। सरकारमा २२ मन्त्री भए पनि  सरकार सञ्चालनबारे प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटासँग परामर्श गर्छन्। याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।
 

प्रधानमन्त्री ओली टिम

विशेष