राजनीति

ओली र प्रचण्डबीच आज पनि वार्ता, सुल्झिएला त विवाद ?

ओली र प्रचण्डबीच आज पनि वार्ता, सुल्झिएला त विवाद ?

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अाेली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकाे भेटवार्ताले तीव्रता पाएकाे छ ।

 

एकता संयोजन समितिले सहमति हुन बाँकी रहेका विषयलाई टुंगाउने जिम्मेवारी दिएपछि अध्यक्षद्वायबीच पार्टी एकतालार्इ अन्तिम रूप दिन दैनिकजसो छलफल हुने गरेको हो ।

 

उनीहरूबीच बिहीबारदेखि सुरू भएकाे भेटवार्ताले अाज पनि निरन्तरता पाउने भएकाे छ ।  दुई पार्टीका अध्यक्षकाे भेटघाट निश्चित भए पनि समय भने तय भइनसकेको छैन ।

 

ओली र दाहालबीच शुक्रबारको छलफलमा ठोस सहमति हुन नसकेपछि पुनः शनिबार छलफल गर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटारबाट छुट्टिएका थिए  । छलफल भने सकरात्मक रहेकाे बुझिएकाे छ । 

 


एकतापछि एकीकृत पार्टीकाे संगठनमा ५०-५० को हिस्सेदारी, विधानमा ‘जनयुद्ध’ शब्द राख्ने-नराख्ने र चुनाव चिन्हका विषयमा एमाले-माओवादीबीच तीव्र विवाद छ । यी सबै विषय टुङ्ग्याउने जिम्मा ओली र प्रचण्डलाई छ ।

 


याेसँगै  नेतृत्व व्यवस्थापन र एकतापछि विभिन्न संगठनमा दुईतर्फका कति-कति संख्या रहने भन्ने विषयको मिलनबिन्दु पहिल्याउनै कठिन अाेली प्रचण्डलार्इ मुख्य चुनाैती बनेकाे छ । 

 

यसअघि दुबै दलका नेताहरूले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते नै एकता घोषणा हुने दाबी गर्दै अाएका थियो । 

ओली प्रचण्ड

विशेष