मुख्य समाचार राजनीति

मसालले भन्यो : एमाले र माओवादी एकता रोक्न देशी विदेशी षड्यन्त्र

मसालले भन्यो : एमाले र माओवादी एकता रोक्न देशी विदेशी षड्यन्त्र

काठमाडौं । नेकपा मसालले एमाले र माओवादी केन्द्रबीचको एकता असफल पारेर कम्युनिष्ट सरकार विघटन गराउने षड्यन्त्र भइरहेको बताएको छ ।

 

वैशाख ८ गते बसेको केन्द्रीय कार्यालयको बैठकले दुई पार्टीको एकतासम्बन्धी प्रयासमा देखा पर्ने वाधा वा विभाजनले राजनीतिक अस्थीरता हुनेतर्फ सचेत गराएको छ ।


‘प्रतिक्रियावादीहरूले उनीहरूको पार्टी एकताको प्रयासलाई असफल पार्न प्रयत्न गर्नुका पछाडिको मुख्य उद्देश्य वामपक्षीय सरकारलाई विघटन गराउनु नै हो’ बैठकपछि जारी महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ ‘हाम्रो मुख्य चिन्ताको विषय यो हो, उनीहरूको पार्टी एकतासम्बन्धी प्रयासमा देखापर्ने बाधा वा विभाजनले सरकारको नै विघटन नहोस् र देशमा राजनीतिक अस्थिरताको वातावरण तयार नहोस् ।

 

एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको एकता घोषणा देशी विदेशी षड्यन्त्र र दुई पार्टीबीचको भागवण्डासम्बन्धी मतभेदका कारण नभएको मसालले बताएको छ ।

 

मसालले पार्टी एकता हुन नसके पनि अहिलेको गठबन्धन सरकार भने कायम रहनुपर्ने बताएको छ । ‘हाम्रो जोड यो कुरामा छ, उनीहरूका बीचमा पार्टी एकता सफल हुन नसके वा ढिला भएपनि संयुक्त मोर्चाको रूपमा अहिलेको वामपक्षीय गठबन्धन सरकार कायम रहनुपर्दछ’ मसालले भनेको छ ।

विशेष