पार्टी एकता मेलामा लगाएको मित होइन, घरबार जोड्ने विवाह हो: प्रधानमन्त्री ओली
प्रताप अाेली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी नचिन्नेले लेनिनवाद मन पर्दैन भनेको हुन सक्ने बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा उनले भने, ‘जसले गुलाब देखेको छैन त्यसले गुलाब मन पर्दैन भनेको जस्तो भयो लेनिनवाद मन नपर्नु । अहिले देवता काल्र्समाक्स मात्रै हुन् ।’
एक ब्यङ्ग्यमा प्रधानमन्त्री ओलीले भने, ‘आजकाल बोकेर नभुक्ने कुकुर पाल्ने चलन छ, नेकपा एमाले कसैले बोकेर पालेको पार्टी होईन । यो मैदानमा हुर्केको पार्टी हो । ’
२००८ देखि नै लोकतन्त्र गीत गाउँदै आएको कांग्रेस राणाको ज्वाइँ भएको उनले बताए । उनले भने, ‘राणासँग मिलेर त्यो बेला कम्युनिष्टलाई नेपालमा प्रतिबन्ध लगायो ।’
कांग्रेस प्रतिक्रियावादी भएको बताउँदै कांग्रेस भन्नमा लोकतन्त्रवादी भएपनि अझैं दमनकारी पार्टी भएको उनले बताए । त्यस्तै राप्रपाहरु राजाका पहरेदार भएको उनले बताए ।
प्रधानमन्त्रीले ओलीले एमाले र नेकपा माओवादी केन्द्रको बलले मात्रै लछारेर, पछारेर देशमा संविधान आएको बताए । 'हाम्रो संयुक्त प्रयास र संघर्ष आएको यो परिस्थितिमा हामी कम्युनिष्ट विरोधी, विदेशी चलखेलको प्रवृति हुन नदिने र पार्टी एकतामा पछाडी फर्किदैनाैं ' उनले भने
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताएका छन् । अब पहिले भनिएका सबै कुरा विर्सेर अघि बढ्नुपर्नेमा अाेलीले जाेड दिए ।
'त्याे याे भन्दैछ, याे त्याे भन्दैछ भनेर मैले र प्रचण्ड जी ले बिर्सनु अावस्यक छ । विवाह भर्इसकेपछि बेहुला र बेहुलीले पुरानाे प्रेम बिर्सनुपर्ने जस्तै बाध्यता छ । ' प्रधानमन्त्री अाेलीले भने ।
उनले माओवादी केन्द्र र एमालेले मेलामा लगाएको मित नभएको भन्दै ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ (ताछेर) पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’
'माओवादी केन्द्र र एमालेबीच विवाह हुन लागेको भन्दै बेहुली र बेहुला तर्फ दुवैबाट राम्ररी सोचीनु पर्दछ । वाम एकतामा निराश फैलाएर कुनै आशाको टुसो पलाउनेवाला छैन,' उनले भने ।