मुख्य समाचार समाज

ग्यास बुलेट त्रिशूली नदीमा खस्याे, चालककाे घार्इते अवस्थामा उद्धार

ग्यास बुलेट त्रिशूली नदीमा खस्याे, चालककाे घार्इते अवस्थामा उद्धार

रत्ननगर । मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ।

 

उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ।

 

भारतबाट काठमाडौँ जाँदै गरेको एचआर३एचआर ९७७० नं को ग्यास बोकेको बुलेट अनियन्त्रित भई पल्टिएर त्रिशूली नदीमा खसेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

 

बुलेटको डिब्बा छुट्टिएर पानीमा डुबेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ।

त्रिशूली नदी ग्यास बुलेट

विशेष