राजनीति प्रदेश ३

विजय गच्छदारलाई कांग्रेसकाे विधानले उपसभापति बन्नबाट रोक्दै

विजय गच्छदारलाई कांग्रेसकाे विधानले उपसभापति बन्नबाट रोक्दै

प्रदेश र प्रतिनिधिसभा निर्वाचन पार्टीको पराजयबारे समीक्षा गर्न चैत ९ देखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। 

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने दलको कार्यालयले जनाएको छ।

 

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अधिकांश केन्द्रीय सदस्य राजधानी बाहिर भएकाले बैठकै नबसी स्थगन गरिएको थियो।

 

चैत ९ देखि सुरु भएको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो। यसअघि ६ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको पराजयका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरिसकेका छन्। 

यसैवीच उपसभापतिका आकांक्षी विजय गच्छदारलाई विधानले उपसभापति बन्नबाट रोक्ने भएको छ । 

 

महाधिवेशनबाट विजयी केन्द्रीय सदस्य मनोनित पदाधिकारी बन्न योग्य हुने हुँदा उनको सम्भावना नरहेको बताइएको छ । 

 

बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको सम्बन्धमा पक्ष-विपक्षमा तर्क राखेका थिए।

 

केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्ति समेतको निर्णय गर्ने बताइएको छ।

नेपाली काँग्रेस विजय गच्छदार

विशेष