राजनीति

एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गरेका छन् ।

 

पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आइतबार प्रेस वक्तव्य जारी गर्दै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

 

विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औँ स्थापना दिवसका अवसरमा अध्यक्ष दाहालले प्रगतिशील र देशभक्त जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ता योद्धाप्रति सम्मान र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

वर्ग, संघर्ष र विचारधारात्मक संघर्षको लामो शृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको जनाउँदै अध्यक्ष दाहालले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 

स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरी देश अहिले स्थिरता, सुशासन र विकासको व्यावहारिक अभ्यासको चरणमा रहेको बताउँदै उनले समाजवादोन्मुख संविधान कार्यान्वयन पहिलो खुट्किलो भएको जनाएका छन् ।

 

जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौंँ वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको उल्लेख गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने काम अहिलेको मुख्य अभिभारा भएको स्पष्ट गरेका छन् । रासस

पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता र ध्रुवीकरण

विशेष