राजनीति

एमाले–माअाेवादी संयुक्त कार्यक्रमस्थलमा नारावाजी, व्यानर हरायो

एमाले–माअाेवादी संयुक्त कार्यक्रमस्थलमा नारावाजी, व्यानर हरायो

काठमाडौं । एकताको अन्तिम तयारीमा रहेका एमाले र माओवादीले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको संयुक्त कार्यक्रम सुरु नहुँदै विवादमा रूपान्तरण भएको छ । अपमानजनक भएको भन्दै माओवादी कार्यकर्ताहरूले नारावाजी गरे । अहिले पनि कार्यक्रमस्थल तनावपूर्ण छ ।

 

त्यसलगत्तै आयोजकले ब्यानर कार्यक्रम स्थलबाट हटायो। कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा नाराबाजी गरिरहेका कार्यकर्ता केही शान्त भए। 


तर, ब्यानर बिना कार्यक्रम गर्न नदिने कार्यकर्ताले उद्घोष गरे। कार्यक्रम स्थलमा नाराबाजी गरिरहेका ब्यानर अनेरास्ववियुका महासचिव ऐन महर स्टेजमा उक्लिए र सबै कार्यकर्ताको तर्फबाट आफूले बोलेको बताउँदै ब्यानर बिना कार्यक्रम गर्न नदिने उद्घोष गरे। उनले भने,‘ब्यानर बिना किमार्थ कार्यक्रम सुचारु गर्न दिदैनौँ।’
 

कार्यक्रमका लागि ब्यानरमा मार्क्स र लेलिनको तस्बिर नराखेको र ब्यानरमा माके भनी माओवादी केन्द्रलाई अपमानजनक रूपमा चिनाएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । 

 

माओवादीका कार्यकतार्हरू नारावाजीमा उत्रिएपछि ऊर्जामन्त्री वर्षमान पुनले तनाव मत्थर पार्न पहल गरिरहेका छन् । साथै अहिले सो स्थानमा प्रहरी पनि परिचालन भएको छ ।

माओवादी केन्द्र एमाले पार्टी एकता

विशेष